घलेलमा ल्होछार महोत्सव, भलिबल प्रतियोगिताको उपाधि ६० हजार
घोडा दौडमा च्याम्पियन हुनेलाई ४० हजार
कास्की | पुस ५, २०८०
पोखराः तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ«े गाउँपालिका ८÷९ स्थित घलेलमा २५ औं ल्होछार घलेल महोत्सव हुने भएको छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार महोत्सव आयोजना गरिने क्लबका अध्यक्ष बिराज गुरुङले जानकारी दिए ।
उनका अनुसार ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला कुर्ची दौड प्रतियोगिता समावेश गरिएको छ ।
अध्यक्ष गुरुङले ल्होछार घलेल महोत्सवमा आयोजित गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेताले नगद ४० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुन एक समूहलाई ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
यस्तै प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका र उपविजेताले २ वटा भालेसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क कायम गरिएको छ ।
यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको छ ।
यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फोड प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।
मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेषप्रस्तुती दिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

